• गुणस्तरयुक्त बीउ बिजनमा आम कृषकहरुको सहज पहुँच स्थापित गरी कृषिको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकरात्मक योगदान पुर्याउदै गरिबी निवारणमा टेवा पुर्याउने ।बीउ बाली खेत निरिक्षण, बीउ परीक्षण एवं बीउ प्रमाणीकरण प्रक्रियाहरुको माध्यमबाट गुणस्तरयुक्त बीउको उत्पादन, प्रशोधन, लेवलिङ्ग तथा बजारीकरणलाई सुनिश्चितता प्रदान गर्दै बीउको मूल्य श्रृङ्खला (Seed Value Chain) विकास गरी मूल्य श्रृङ्खलामा प्रत्यक्ष र परोक्षरुपमा आवद्ध सवै सरोकारवालाहरु (Stakeholder) को आयआर्जनमा बृद्धि गर्ने।
  • बजारमा विक्रिवितरण हुने बीउ बिजनहरुको गुणस्तर नियमनका लागि बजारबाट बीउ नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने र परीक्षण नतिजाका आधारमा आवश्यक कार्य गर्न नेपाल सरकार/प्रदेश सरकारका संबद्ध निकायहरुलाई जानकारी गराउने ।
  • बीउ बिजनको गुणस्तर नियन्त्रण संवन्धित तालीम÷गोष्ठी आयोजना गरी बीउ उत्पादनमा संलग्न कृषक÷उद्यमीहरुको ज्ञान, सिप र दक्षता अभिबृद्धि गर्ने ।
  • गुणस्तरयुक्त बीउ बिजन भण्डारणमा टेवा पुर्याउन बीउ भण्डारण स्थलको अनुगमन र निरिक्षण गरी बीउ भण्डारणलाई समय सापेक्ष वैज्ञानिक बनाउन प्राविधिक पृष्ठपोषण (Technical Feedback) प्रदान गर्ने ।
  • प्रयोगशालामा दर्ता हुन आएका बीउ नमूनाहरुको परीक्षण (Anaysis) गरी संबद्धलाई बीउ विश्लेषण प्रतिवेदन (Seed Analysis Report) उपलब्ध गराउने ।
  • बीउ बिजन नीति, २०५८, बीउ बिजन ऐन, २०४५ (दोश्रो शंसोधन, २०७९), बीउ बिजन नियमावली, २०६९, बीउ बिजनको दिर्घकालिन सोंच (Seed Vision 2013-2025), बीउ बिजन उत्पादन कार्यविधि निर्देशिका, २०५६, बीउ बिजन प्रमाणीकरण निर्देशिका, २०७४, बीउ बिजन परीक्षण निर्देशिका, २०७४, बीउ बिजन परीक्षण प्रयोगशाला सञ्चालन सम्वन्धी निर्देशिका, २०७४, बीउ बिजनको नमूना सङ्कलन गर्ने कार्यविधि, २०७३ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने एवं यसको प्रभावकारी कार्यान्वयनका लागि सचेतना (Awareness) फैलाउने ।
  • बीउ बिजन गुणस्तर नियन्त्रणका सन्दर्भमा नियमितरुपमा निरीक्षण तथा अनुगमन गरी यस क्षेत्रमा देखिएका समस्याहरुको यथोचित समाधानका लागि समयमा नै माथिल्लो निकायलाई जानकारी गराउने ।
  • विभिन्न बालीका सिफारिस गरिएका जातहरुको सङ्कलन गरी जातीय परीक्षण (Grow out Test)  गर्ने  ।